हेर्नुहोस कुन कुन बार भुलेर पनि गर्नै नहुने ५ कामहरु जानी राखौ !
विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर विहीबार केही काम गर्न भने निषेध गरिएको छ ।
१. कपाल नुहाउनु हूँदैन
२. रौं काट्नु हुँदैन विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।
३. भारी कपडा धुनु र फोहोर हुँदैन विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।
४. लक्ष्मीको मात्र पुजा विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।
५. दारी काट्ने वा नङ काट्ने विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

0 comments
Write Down Your Responses