सास गन्हाउने समस्या बाट बच्ने सजिलो तरिका

हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौं । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौं । तर जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं । तर मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ ।

हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ । यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ ।

सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।
कारण .
गिजामा पिप जमेर । . पिनास भएमा . पेटको समस्याका कारण -गिजा रोगी भएमा . दाँतमा खाना अड्केर सडेमा . जिब्रो सफा नगरेमा . पानीको मात्रा कम भएमा . धूमपान र मद्यपानका कारण . मिर्गौलाको समस्या छ भने . फोक्सोको संक्रमणका कारण बच्ने उपाय . साँझ बिहान राम्रोसँग दाँत माझ्ने . जिब्रोको माथिल्लो भाग सफा गर्ने . कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने . खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने . प्रशस्त पानी पिउने . कब्जियतलगायतको समस्याबाट मुक्त हुने . दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने

0 comments

Write Down Your Responses