यमबुद्धको पोस्टमार्टम रिपोर्ट यस्तो आएपछि ...आत्महत्या थप रहस्यमय

सारा संगीतप्रेमीलाई स्तब्ध पार्ने गरी शनिबार लन्डनस्थित नर्थहोल्टको आफू बस्ने घरकै बाथरुममा झुण्डिएको अवस्थामा यमबुद्ध (अनिल अधिकारी) फेला परेको खबर आयो।

योसँगै अनेकले अनेक थरिका अनुमानहरु गर्न थाले। केहीले अर्का गायक कुल पोखरेलको जस्तै ड्रग्स ओभरडोज मृत्युको कारण हुनसक्ने अनुमान गरे। तर आज सोमबार गरिएको पोस्टमार्टमको रिपोर्टले त्यस्ता अनुमानलाई फेल खुवाएको छ। यमबुद्धसँग नजिक रहेका लन्डनस्थित स्रोतले जनाए अनुसार लन्डनमा रहँदा उनले ड्रग्स लिने गरेको कसैलाई पनि थाहा छैन।
के के भेटियो त पोस्टमार्टम रिपोर्टमा?
१) पोस्टमार्टममा धेरैले अनुमान गरे जस्तो ड्रग्सको मात्रा केही पनि भेटिएन।
२) पोस्टमार्टम रिपोर्टमा अल्कोहलको मात्रा देखियो। परिवार निकट स्रोतका अनुसार राति कामबाट फर्केर श्रीमतीसँग बसी केही वाइन खाएका थिए उनले।
३) पोस्टमार्टममा उनको बंगारा भाँच्चिएको देखियो। झुण्डिँदा यस्तो हुने भएकोले हो कि यसलाई पनि रिपोर्टमा शंकास्पद मानिएको छैन। यसबाहेक कोठामा यमबुद्धले आफ्नो पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेको भेटिएको छ। किन त्यसरी पासपोर्ट च्याते उनले त्यो भने थाहा हुन सकेको छैन।

0 comments

Write Down Your Responses