दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै यसरी दिए झुटो आरोपको जवाफ

काठमाडौं – निर्माता कलाकार दिपकराज गिरीले आफुलाई झुटो आरोप नलागाउन सबैलाई आग्रह गरेका छन् । ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न नवलपरासीका कृष्ण सुवेदीको आत्महत्याको आरोप आफुलाई लगाउनेलाई उनले सो आग्रह गरेका हुन् ।

सुबेदीले काठमाडौंको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेपछि उनका परिवार तथा आफन्तले आत्महत्याको दोष दीपकलाई लगाउँदै आइरहेका छन् । तर मृत्यको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेकोले सो अनुसन्धान पुरा नभएसम्म आफुलाई दोष लगाउन नमिल्ने दिपकको भनाई छ । आफ्नो पछिल्लो सुपरहिट चलचित्र प्रदर्शनका लागि उनी अहिले स्पेन पुगेका छन् । उनको साथमा चलचित्रका निर्देशक दीपाश्री निरौला पनि रहेकी छन् । दिपकले बिदेशबाटै आफ्नो फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै २०७० सालमा आफ्नो ‘६ एकान ६’ चलचित्र पाइरेशी गर्ने ब्यक्ति गरिब भएकाले कारबाही नगरी छोडेको स्मरण समेत गराएका छन् । उनले अगाडि लेखेका छन् ‘सुबेदी सहित सोही आरोपमा समातिएका चार युवाको भबिस्य बिग्रन्छ भन्दै सामान्य तारिकमा छोड्न भनेको जसको साक्षी अपराध महासाखाका प्रमुख सर्बेन्द्र खनाल रहेको समेत उनको स्टाटसमा उल्लेख छ ।

0 comments

Write Down Your Responses