अचम्म त यो छ कि लाखौँ लाख नेपालि ले भोट दिदा पनि किन बढ्दैनन तेरियाको भोटिंग स्कोर ?
नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् |
भारतीय चर्चित कार्यक्रम ‘झलक दिख लाजा’ मा ‘टप-३’ को प्रतिष्पर्धामा रहेकी तेरिया मगर नेपाली हुन् | उनलाई जिताउन १४ जनवरीदेखि नेपालीहरुले भोट जारी राखेका छन् | जसको अवधि २१ जनवरी अर्थात आउँदो माघ ८ गतेसम्म रहेको छ | उनलाई तपाइँ पनि भोट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ | तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । गत शनिवारको एपिसोडमा निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए
उनले यस अघि लाखौँ नेपालीको भोटको कारण भारतीय टेलिभिजनको ख्यातीप्राप्त डान्स कार्यक्रम ‘डीआईडी लिटिल मास्टरको’ उपाधि कब्जा गरेकी थिइन् |

0 comments
Write Down Your Responses