मेरो वास्तविक कथा: मेरो पहिलो सुहागरात !
बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ ।
के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिसहरु असन्तोस छन् ?
के संसारका सारा मानिस बिहे पश्चात रुनु नै परेको छ त ?
झन दुबैको साथ मिले त संसार जिउन सजिलो हुन्छ भन्ने सुनेको थिए । जीवन सँगै जिउनी भनेर बाचा गरेपछि त दुबैले दुबैलाई स्याकृरीफाई त गर्नु त पर्याे नि । गर्दा गर्दा घर आईपुग्यो आमा आएर आएर कार बाट उनको हात समाउन थाल्नु भयो म पनि उनको पछि पछि हिडे ।
दिद र सानी बहिनी आएर एउटाले पानी र अर्काेले दियो लिएर हामीलाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पाएकी थिए र भन्दै रत्यौली घन्कीदै थियो । सबैको दुलई हेर्ने घुईचो थियो । बाहुबाजे देखिबाट चलेको रितिरिवाज रे बेहुलीले आफ्नता जनलाई ढोग गरेर साडी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चलेको रितिरिवाज हो त्यैले भनेर हुन्छ भन्छन् । मन मनमा सोच आयो गरिब दुखीलाई त छोरी पाए नि गार्हाे रहेछ छोरी पनि दिनु छ दाईजो नभई हुन्न भन्छन कति मानिस त जन्तीलाई सेवा पनि गर्ने पर्याे । कस्को बिहेमा कति दक्षिणा दिए भन्नेहरु पनि हुन्छन् । न त त्यो साडी दिएर कसैले लाउने हुन उल्टै कुरा गर्छन फलनाको बिहेमा त्यस्तो साडी दिएका बिचरा दिने मान्छेले पनि के गरून् , कति दिउन त । म उनलाई हेरिराको थिए कति थाकेकी होलिन् खुट्टा पनि ढोग्या ढोग्यै छन । कसैले भयो पर्दैन भनेन सबले खुट्टा नै अगि सारेका छन । माया लागेर मैले भनिहाले खुट्टा नढोगे हु्न्न त्यतीकैमा एकजनाको आवाज आयो आज त ढोग्न पर्छ । बल्तल ढोग्ने र सारी बाड्ने काम पनि सकियो । उनलाई टाईम लाग्ला भनेर म कोठामा गएर छिटो छिटो लुगा फेरे र उनलाई लुगा चेन्ज गर्न भनेर कोठा देखाईदिए । दिदी उनी सँगै भित्र पस्नु भयो सायद उनलाई हेल्प गर्ने होला ।
कपडा चेन्ज गरेपछि दिदीले मलाई बोलाउनु भयो आजको दिन बुहारीको साथमै बसिराख भित्रै बसे हुन्छ हेर्न आउने भित्रै आउछन् भन्दै दिदी बाहिर निस्कनु भयो । मान्छेहरुको आवतजवात चलेकै थियो । मलाई भने मान्छेहरु कति बेला जालान जस्तो भई रह्यो । १० बजिसकेको थियो त्यतीकैमा दिदी आउनु भयो बुहारीलाई केही भन्नू छ भन्दै भोलि बिहान छिटो उठ्नु पर्छ, नुहाईधुवाई गर्नु पर्छ, सिन्दुर हालेको सेतो कपडा बिहान उठेर धुनु, अरु भोलि नै भनुला अहिले तिमीहरु सुत । दिदीले सुत भन्दा मेरो मनमा छुट्टै आन्नद आयो । सुत्ने बेला हल्का रोमेन्टिक त हुनै पर्याे भन्ने ठानेर म उसलाई जिस्काए ओई म तल भुई मै सुत्छु तिमी बेडमा नै सुत ल ? उसलाई त लाज लागेछ क्यार मुख तल पारिहालिन । उनी भित्ता तिर फर्केर सुतिन् । म एकलै के गर्नु बत्ति अफ गरिदिए अनि छेउ मा पल्टिए । उनी एकमस्त एकोहोरिएर भित्ता तर्फ नै फर्किरहिन् । उनलाई म बोलाउन खोज्थे तर सक्थिन । थोरै थोरै मेरा हातहरु उनको कपाल तिर लगे उनको कपाल मुसारे उनी आन्नद माने झै गरि रहिन ।
ओई यता फर्कन तर उनी मानिन् । पछि उनी बिस्तारै फर्किन् तर मेरा आखाँ मा हेर्न सकेकी थिईनन् । सोचे एकछिन त लभ मेरिज भएको भए अहिले चुप लागेर बस्नु पर्थेन । केही न केही कुरा निस्किन्थियो जुनेली रात हुन्थ्यो । मैले उनलाई अँगालोमा बाधे निधारमा चुम्बन गरे । मैले अँगालोमा बाध्दा उनले असहज भएजस्तो गरिन् । उनी सुक्क सुक्क गरेर रुन पो थालिन् । सायद उनलाई घरको याद आयो होला मैले फेरि अँगालोमा राख्दै भने अब म तिम्रै हुँ । असहज नमान बिस्तारै सबै कुराको बानि बस्ने छ । उनी मलाई हेरेर मुस्कुराइन् । उनले अचानक आफनो हात मेरो निधारमा लगिन् र भन्न थालिन हजुरको निधार कस्तो तातो लौ ज्यान पनि तातो छ ज्वरो आएको जस्तो छ । उनी खुब आतिएकी थिईन् उनको त्यो भनाईमा नै पुर्ण रुपले माया भरिएर आएको थियो । मैले उनलाई जर्वजस्ति गर्न चाहिन उनले माया र खुसीले सुमपिएको शरीर पो मेरो लागि हक लाग्यो । जब उनी बहिसकार गर्छिन् त जर्वजस्ती गर्नु त्यो बलात्कार हो । मैले उनको मन दुखाउन चाहिन, तिमी सुत मलाई केही भएको छैन भनेर उनको केश मुसारे, उनी ओके गुडनाईट भनी सुतिन म पनि सुते । साभार श्राेत: लाइट नेपाल मुनीको बिज्ञापन तपाईंलाई मनपर्न सक्छ | एकपटक हेर्नुहोल

0 comments
Write Down Your Responses