आमाले ७८ वर्षिय बृद्धसँग बिहे गरेपछि स–साना छोरा–छोरी को बिचल्ली
गुल्मी – गत शनिवार गुल्मीको अर्वेनीमा दुई वेग्ला वेग्लै दृश्य देखियो । एकातिर वाजागाजाका साथ विवाहको रौनकमा खुसी हुँदै एक महिला र पुरुष रमाउँदै थिए भने अर्को तिर त्यसै गाउँ नजिकै उनै महिलाका पूर्व पति र उनका स–साना छोरा–छोरीको विचल्ली थियो ।
गत वर्ष भूकम्पले घर भत्काई दिएर अर्कैको घरमा आश्रय लिनु परेका अर्वेनी ६ का ७० वर्षीय चन्द्रकान्त न्यौपानेकी ४३ वर्षीया सवित्रा न्यौपाने श्रीमति स्थानीय ७८ वर्षिय लालबहादुर सुनारसँग त्यस दिन लगन गाँठो घर भित्रिँदै थिइन् ।
केटाकेटी कसरी पाल्ने मात्र चिन्ता भन्दा पनि श्रीमति नजिकै अन्य जातका छिमेकीले बिहे गरिदिएकोमा बढी चिन्ता चन्द्रकान्तलाई भएको स्थानीय कमल न्यौपानेले बताए । उनको आवाज राम्रोसंग बुभ्mन सकिंँदैन् । ‘समाजले अलि टाढा राखिदिएको भए हुन्थ्यो भन्ने उनको चिन्ता छ’, कमलले भने, ‘आमनेसामने भैरह“दा निकै समस्या भएको छ ।’ उनीहरु दुई परिवारको घरको दुरी १५ मिनेटको पैदल यात्रामा छ । चन्द्रकान्तको खरबारीमा लालबहादुरको घरछेउबाटै जानुपर्ने भएकाले मंगलबार नै दुईजना कुटाकुट गरेको उनले बताए । लालबहादुरको परिवार गाउ“बाटै धपाईएको भन्दै पुर्नस्थापनामा बाजागाजा सहित अर्को घर बनाएर भित्र्याएर समाजले न्याय गरेपनि चन्द्रकान्तको परिवारमा झन् ठूलो समस्या थपिएको गाविस सचिव भोजबहादुर रानाले बताए ।
‘एकातिर घर उजाडिएको छ’, उनले भने ‘अर्कातिर जमाईएको छ । आमाको साथ नपाएर विचल्लीमा परेका उनका छोरा छोरीलाई सहयोगको प्रयास भइरहेको उनले बताए । ११ वर्षिय छोरा धर्मागतले घरमा खाने खर्च नहु“दा चिन्तामणी न्यौपानेको घरमा गएर खाने गरेको बताए । ‘कहिलेकांही खानेकुरा केही हु“दैन’, उनले भने, ‘हामी चिन्तामणी अंकलकोमा जान्छौं, बा भोकै सुत्नुहुन्छ ।’ दाई बिनोद विद्यालय छुट्टी भएको बेला अर्काकोमा मेलामा जाने र बाबु मजदुरी गरेको पैसाले चामल किन्ने गरेको उनले बताए । उता, प्रेम सम्बन्ध खुलेपछि पुष १ गते गाउ“बाटै धपाईएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपाने बिच अधिकारकर्मी र स्थानीय समाजले नै धुमधाम बाजागाजाका साथ शनिवार दोस्रो विवाह गराइदिएर पुर्नस्थापना गरेका थिए ।

0 comments
Write Down Your Responses