मन्त्री पुत्र निर्मल दश करोड कमिशनको चक्करमा यसरी फसेपछी…
‘सेटिङमा काम गराउने गरी यो फाइल अगाडी बढेको छ । हामीले यसमा जोखिम मोल्न सक्ने ठाउँ छैन । मन्त्रीस्तरीय निर्णय नभएसम्म हामी टिप्पणी लेख्न सक्दैनौँ भनेका छौँ । तर रोक्न मुस्किल छ ।’
एनसेलको सो फाइल हाल सुचना तथा संचार मन्त्रालयको फ्रिक्वेन्सी शाखामा पुुगेको छ । संचार मन्त्रालयका एक अधिकारीले भने ‘यो फाइल पुरानै हो । एनसेल सेवा प्रदायक कम्पनी भएकोले तिर्नुपर्ने कर छुट गरिदिन दवाव आईरहेको छ । संचार मन्त्रालयका अधिकारीहरुले मन्त्री पुत्रले निरन्तर रुपमा फाइर्एलका रुपमा सोधी खोजी गरिरहेको र छिटो काम गर्न दावव दिईरहेको बताउँछन् । नाम नखुलाउने सर्तमा एक अधिकारीले भने ‘सेटिङमा काम गराउने गरी यो फाइल अगाडी बढेको छ । हामीले यसमा जोखिम मोल्न सक्ने ठाउँ छैन । मन्त्रीस्तरीय निर्णय नभएसम्म हामी टिप्पणी लेख्न सक्दैनौँ भनेका छौँ । तर रोक्न मुस्किल छ ।’ कर सम्बनधी विवादमा एनसेल फस्दै आएको छ । पुरानो लगानीकर्ताबाट हाल मलेसियाको एक्जीयटा कम्पनीले स्वामित्व खरिद गरेकोले पुरानो कर नतिर्ने भन्दै एनसेलले सर्त राख्दै आएको छ । तर संसदको अर्थ समितिले नेपालको कानुनु अनुसार तिर्नुपर्ने सम्पुर्ण कर एनसेललाई तिराउन तत्कालिन अर्थमन्त्री डा. रामशरण महत र विष्णुु पौडेल तथा हालका अर्थमन्त्री कृष्णबहादुर महरालाई बैठकमै बोलाएर निर्देशन दिईसकेको छ । तर पनि आर्थिक लेनदेनमा मन्त्री महरा परेकोले फेरी एनसेलले राजश्व मिनाह गराउने प्रपन्च सुरु गरेको हो । संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले एनसेलले कर नतिर्न फेरी फाईल अगाडी बढेको कुरा आफुले पनि सुनेको र त्यसका लागि मन्त्री महरासंग छलफल गर्ने बताए । उनले भने ‘आम्दानी वापतको कर मिनाह गर्न सकिदैन । अर्थ समितिले यस विषयमा धेरै पटक छलफल गरेर कर तिराउन निर्देशन दिईसकेको छ । यसमा तलमाथी गर्ने ठाउँ छैन ।
’श्रोत; नेपाल पाटी

0 comments
Write Down Your Responses