अष्ट्रेलियाको सिड्नीमा एक युवतीमाथि कुटपिट गर्दा दुई नेपाली युवक((पवन श्रेष्ठ र नोर्बु शेर्पा ) पक्राउ

८ जनवरी, सिड्नी । सिड्नीस्थित म्याकडोनाल्ड रेस्टुरेन्टबाट दुईजना नेपाली युवक पक्राउ परेका छन् । एक युवतीमाथि कुटपिट गर्ने कार्यमा संलग्न पवन श्रेष्ठ र नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा गएका पवनले त्यहाँ उपस्थित एक महिलामाथि एक्कासी मुक्का हानेको र त्यसको बदलामा ती महिलाका केटा साथीले पवनमाथि प्रतिआक्रमण गरेसँगै कुटाकुट सुरु भएको प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै याहु न्यूजले जनाएको छ ।युवतीमाथि आक्रमण गर्ने पवन श्रेष्ठलाई ती युवतीका केटासाथीले मुक्का हान्दा उनी घाइते भएको र मुख रगताम्मे बनेको भिडियोमा देख्न सकिन्छ । कुटाकुट चलिरहँदा रेष्टुरेन्टमा उपस्थित मानिसहरुले झगडा साम्य पार्ने कोसिस गरे पनि असमर्थ रहे । केही क्षणमै प्रहरी आएर दुबैजना नेपाली युवालाई पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार ती दुर्इ नेपाली युवा र केटीवीच कुनै चिनजान भएको देखिदैन् । चिन्दै नचिनेकी केटीमाथि किन यी युवाहरू जाइलागे भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्यटक भिसामा अष्ट्रेलियामा रहेका दुबैजना विरुद्ध मुद्दा चलाइएको छ । उनीहरु धरौटीमा मुक्त भएको तर पासपोर्ट भने जफत गरिएको बताइएको छ । कुटपिटमा संलग्न युवाहरुलाई आउँदो फेब्रुअरीमा अदालतमा पेश गरिने समाचारमा उल्लेख छ ।

0 comments

Write Down Your Responses