Entertainment
»
यो जन्ममा शिवलाई पाउन सकिनँ भन्दै ’ सुसाइड नोट ' लेखेर एक युवतीले गरिन आत्महत्या
यो जन्ममा शिवलाई पाउन सकिनँ भन्दै ’ सुसाइड नोट ' लेखेर एक युवतीले गरिन आत्महत्या
काठमाडौं, २३ पुस । म शिवभक्त हुँ । यो जन्ममा शिवलाई पाउन सकिनँ । हे, माता पार्वती मैले अर्को जन्ममा भगवान शिवालाई प्राप्त गर्न सकूँ भनी आशिर्वाद दिनुहोस् ।
’ सुसाइड नोटमा यस्तो लेखेर स्नातकोत्तर अन्तिम वर्षमा पढ्ने २५ वर्षीया एक भारतीय युवती अनिषा शर्माले आत्मदाह गरेकी छिन् ।शुक्रबार बेलुकी अनिषाले मन्दिर परिसरमा बनेको स्नाघरमा मट्टीतेल खन्याएर आफूलाई जलाएकी छिन् । वरिपरिका मानिसले दिएको जानकारीपश्चात् घटनास्थलमा पुलिसको उपस्थितीपछि छानबिन सुरु भएको छ । पुलिसले घटनास्थलमा ती युवतीले लेखेको सुसाइड नोट पनि भेटेका छन् । ती युवतीका परिवारले यस विषयमा केही बताउन अस्विकार गरेका छन् ।ती युवतीका परिवार पुलिसमा समेत यसबारे जानकारी दिन चाहन्नन् ।
पाँच बहिनी र एक भाइ भएको परिवारमा अनिषा जेठी सन्तान थिइन् । आत्मदाह गर्नुपूर्व उनले शिव मन्दिर आसपासका सबै भगवानको दर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टिभि अन्नपुर्णमा समाचार छ । त्यसको केही समयपछि स्नान घरबाट आगो निस्किरहेको देखेपछि स्थानीय घटनास्थलमा पुग्दा अनिषाको डढेको शव त्यहाँ भेटिएको बताइयो ।
स्थानीयलाई विश्वास गर्ने हो भने अनिषा विगत थुप्रै वर्षदेखि डिप्रेशनमा थिइन् र उनको उपचार चलिरहेको थियो ।स्थानीयका अनुसार अनिषा पढ्न निकै अब्बल थिइन् । टिभीअन्नपूर्ण बाट ।
0 comments
Write Down Your Responses