मलेसियामा एक नेपाली युवक बलात्कारको आरोपमा पक्राउ

१२ माघ, काठमाडौं । बलात्कारको आरोपमा मलेसियामा एक नेपाली युवक पक्राउ परेका छन् । पक्राउ परेका नेपाली स्टोर वर्कर हुन् र अनुसन्धान प्रक्रियामा रहेकाले उनको परिचय गोप्य राखिएको छ ।

उनीमाथि स्टोरमै पार्टटाइम काम गर्ने १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेको द स्टारले जनाएको छ । समाचारमा जनाइए अनुसार घटना आइतबारको हो । नेपाली युवकले ड्युटीमा रहेकी युवतीलाई खानाका लागि होस्टलमा बोलाएका थिए । जब युवती होस्टल पुगिन्, उनले माथिल्लो तलामा रहेको आफ्नो कोठामा लिएर गए । लगतै ढोका लगाएर जबरजस्र्ती गर्न खोजेपछि युवतीले प्रतिकारको प्रयास गरेपनि सफल भइनन् । घटनापछि युवतीले कि यस्तो गरेको भनेर सोध्दा उनले मलाई थाहा छैन र सरी मात्र भनेको स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ । पीडित युवतीले आफ्नो साथीसँग सल्लाह गरेपछि सोमबार प्रहरीमा उजुरी दिएकी छन् । सुवाङ जया ओसीपीडीका सहायक कमाण्डर मोहम्माद अजलिन सादरीले एक संकास्पद व्यक्तिलाई पक्राउ गरिएको स्वीकार गरे ।

0 comments

Write Down Your Responses