दैनिक राशिफल ,मिति २०७३ साल माघ ६ गते बिहीबार ,२०१७ जनवरी १९ तारीख
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यमा सामान्य असर रहन सक्छ । मनमा सामान्य चिन्ताले बास गर्ने छ । प्रतिपक्षहरुको साथ सहयोग प्राप्त हुनेछ । साधारण खर्च हुनसक्छ । धनमाल हराउन सक्छ । पारिवारिक सम्बन्धमा सुधार आउने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पठन-पाठनमा बिशेष राम्रो समय रहेको छ । बौधिक क्षेत्रको कार्यमा सफलता मिल्ने छ । साधारण धनलाभ हुने योग रहेको छ । सामान्य चोटपटकको सामना गर्नु पर्ने छ । मन चन्चल रहला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो आफन्तको सहयोगले रोकिएका काममा सफलता प्राप्त हुनेछ । प्रतिश्प्रधामा तपाइ अग्रस्थान प्राप्त गर्नुहुनेछ । मित्र तथा दाजु-भाइ बीचको सम्बन्धमा सुधार आउने छ । दिन उत्तम रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे संचित रकम खर्च गर्नुपर्ला । खानपानको योग रहेको छ । पुराना इष्ट मित्रहरुसंगको भेटले मन प्रशन्न रहला । स्वास्थ्यमा सामान्य बाधा आउन सक्नेछ । दिन मध्यम रहने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो दाम्पत्य सम्बन्धमा सुधार आउने छ । सिपमुलक कार्यबाट धेरै लाभ लिन सक्ने समय रहेको छ । गरिरहेको काममा सामान्य झन्झट ब्यहोर्नुपर्ला । चिसो सम्बन्धी समस्याले सताउन सक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते सोचेभन्दा बढी खर्च हुनाले मनमा चिन्ताले सताउला । सामान्य आर्थिक अभावको शिकार भईने छ । स्वास्थ्यमा बाधा आइपर्न सक्छ । कुरा काट्ने ब्याक्तिको कमि नरहला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु तपाइको आजको लगानी भोलीलाई बिशेष फाईदाजनक हुनेछ । कार्य क्षेत्रमा बिशेष रुचि जाग्ने छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । पठनपाठनमा राम्रो समय रहेको छ । शत्रु कमजोर रहने छन ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे इष्टमित्रहरुको सहयोगले पुराना रोकिएका कार्यमा सफलता मिल्ने छ । मान सम्मानको योग रहोको छ । सवारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला । सामाजिक कार्यमा जुट्नु पर्ने समय रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि पराक्रम बृदि हुने समय रहेको छ । कडा मेहनत पश्चात धन आगमनको योग रहेको छ । मान्यजनको साथ सहयोगले भाग्योदय हुन सक्ने छ । प्रतिपक्षीहरु कमजोर रहनाले तपाइको कार्यमा सफलता मिल्ने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द आफन्तजनसँगको वियोगले मनमा नैराश्यताले बास गर्ने छ । स्वास्थ्यमा सामान्य असर आउन सक्ला । धनमालमा क्षति पुग्न सक्ने सम्भावना रहेको छ । कुरा काट्ने ब्यक्तिको बृद्दि हुनेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि पारिवारिक सम्बन्धमा सुधार आउने छ । भोग विलासको क्षेत्रमा समय ब्यतित रहला । प्रियजनसँगको भेटघाटले मन रम्ने छ । ब्यपार ब्यबसायको क्षेत्रमा दिन मध्यम रहने छ । कार्य क्षेत्रमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

0 comments
Write Down Your Responses