पटक पटक बलात्कार पछि हत्या गरिएको थियो काभ्रेकी १५ वर्षीया "मैना सुनुवार"
काठमाडौं, २९ पुस । काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनुवारको मुद्दा ब्युतिएको छ ।
मंगलबार मुल्तवी(थाती राखिएको)मा रहेको मुद्दा ब्युताउँदै काभ्रेपलाञ्चोक जिल्ला अदालतले कारवाही प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायलाई आदेश दिएको छ ।
को हुन् मैना ?
रामेछाप घर भएकी मैना १५ वर्षीया बालिका थिईन् । सशस्त्र जनयुद्धका बेला तत्कालिन शाही सेनाले उनलाई घरबाटै पक्रेर लगेको थियो । आमा देवी सुनुवार अंग्रेजी मिति अनुसार सन् २००४ मा मैनालाई सेनाको ब्यारेक लगेर हत्या गरिएको थियो । हत्यापछि उनलाई वेपत्ता पारिएकोमा माधवअधिकार आयोग र विभिन्न अधिकारीवादी संस्थाको पहलमा शव उत्खनन गरिएको थियो । द्वन्द्वकालमा सुरक्षाफौजले पक्राउपछि बेपत्ता बनाइएका थिए । बेपत्ता भएको वषौँपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनको शव निकालिएको थियो । तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो । उनकी आमा देवी सुनुवार र अधिकारवादी खोजतलास गर्दा सुनुवारलाई सेनाले हत्या गरेर गाडेको खुल्न आएको थियो । २०६३ चैत ९ गते राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगन्ज अस्पतालका फरेन्सिक एक्पर्ट डा. हरिहर वस्ती सहितको टोलीले शव उत्खनन् गरेको थियो । उत्खननपछि पोस्टमार्टम गर्दा सुनुवारलाई तीनवटा गोली पछाडिबाट लागेको पाइएको थियो । घटनाका एक अभियुक्त सेनाका मेजर निरञ्जन बस्नेतलाई डुयटीमै खटिएका बेला ११ डिसेम्बर २००९ संयुक्त राष्ट्रसंघीय मिसन, चाड (अफ्रिका)बाट फर्काइएको थियो । यस्तो छ अदालतको आदेश: (एडभोकेसी फोरमले तयार पारेको विज्ञप्ति) प्रेस नोट एडभोकेसी फोरम नेपाल वालुवाटार, काठमाडौं । विषयःमैना सुनुवारको मुद्दा सम्बन्धमा देवी सुनुवारको जाहेरीले वादी नेपाल सरकार,प्रतिवादीमहासेनानीबबिखत्रि समेत भएको कर्तव्य ज्यान मुद्दामामिति २०७२–०९–२८ गतेश्री काभ्रेपलाञ्चोक जिल्लाअदालत, धुलिखेललेमुल्तवीजगाई मुद्दाको कारवाहीप्रक्रीया अगाडी बढाउने आदेश दिएको छ।
प्रस्तुत मुद्दाको नयाँदर्ता मुद्दा नं.०७२–सी आर–२०३ (072-cr-203)कायमभएको छ । श्री का.प.जि.अ.को उक्तमितिको आदेश अनुसार मुल्तवीमा रहेको उक्त मुद्दा मुल्तवीबाट जगाई इन्साफ गरी पाउँभनीे जाहेरवाला देवी सुनुवारले द.नं.१८९०को निवेदनमिति २०७२–०९–२८ गते दर्ता गरेकी थिईन। उक्त मुद्दाका आरोपी व्यक्तिहरु नेपाली सेनाका महा सेनानीबबीखत्री, सुनिल प्रसाद अधिकारी, निरञ्जन बस्नेत र अमितपुन समेत ४ जना व्यक्ति प्रहरीद्वारा पक्राउ नपरी फरार रहेको र निजहरु आफैं अदालतमा उपस्थित पनि नभएको हुँदा प्रचलित कानुन बमोजिम निजहरुको अंश रोक्का राखिमुलुकी ऐन अदालती वन्दोबस्तको १९० नं बमोजिम प्रस्तुत मुद्दामिति २०७०–०६–०१ गतेको आदेशअनुसार मुल्तवीमा राखिएको थियो । जाहेरवाला देवी सुनुवारले मुद्दा मुल्तवीबाट जागेकोले अब कारवाही प्रक्रीया अगाडी बढ्ने र अपराधीहरुले सजाय पाउने आशा व्यक्त गर्नुभयो। उक्त मुद्दा मुल्तवीबाट जागेको र मुद्दामा बुझ्नु पर्ने सम्पुर्ण प्रमाण बुझि सकेको र प्रतिवादीहरु सबै जना अदालतमा अनुपस्थित रहेको हँुदा सो मुद्दा पेशीमा चढी वादीतर्फबाट बहस पैरवीहुने र फैसला हुनेछ। यस मुद्दामा प्रतिवादीहरुको तर्फबाट कुनै बचावट र बहस पैरवी हुनेछैन साथै उक्त फैसलमा चित्त नबुझे पनि प्रतिवादीहरुले पुनरावेदनग र्न पाउने छैनन। तर आफु अनुकुल फैसला नआए वादी पक्षले भने पुनरावेदन गर्न सक्नेछ । यसरी उक्त मुद्दा पीडित तथा वादी नेपाल सरकारको हकमा धेरै बलियो भएको छ । दोषी आरोपीहरुलाई सजाय गर्ने ठहरी फैसला भएमा अदालतको फैसला बमोजिम संसारको जुनकुनामा लुकेर बसेको भएपनि अपराधीहरुले एक न एक दिन सजाय भोग्नु पर्नेछ । फरार प्रतिवादीहरु बबीखत्रीको नामको अंशमिति २०६९–०१–२७ गते, सुनिल प्रसाद अधिकारीको नामको अंश मिति २०६९–०१–३१ गते, निरञ्जन बस्नेतको नामको अंशमिति २०७०–०१–१६ गते रोक्काभएको देखिन्छ भने अर्का प्रतिवादी अमित पुनको भने एकिन वतन नखुलेको हुँदा उनको अंश रोक्का हुन सकेको छैन। एडभोकसी फोरम नेपालले मुद्दाको सुरुवात देखि नै यस मुद्दामा कानुनी सहायताप्रदान गरेको छ ।
विस्तृत जानकारीको लागिः
ओमप्रकाश सेन ठकुरी, एडभोकेसी फोरम, नेपाल, मोवाईल नं. ९८४१२७५७३२ देवी सुनुवार, मोवाईल नं. ९८४११०८४७७ मितिः२०७२–०९–२९

0 comments
Write Down Your Responses