मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको नकारात्मक प्रभावले साथीभाईसगँ मन मुटाव हुनेछ । आय आम्दानीको लागी सिर्जनात्मक कलाको प्रयोग गर्नुहोला । दाम्पत्य जिवनमा नकारात्मक असर देखा पर्नेछन । भोज भतेरमा सरिक हुने अवसर मिल्नेछ । क्रोधको सामना गर्नुपर्नेछ । अरुको बहकावमा नलाग्नुहोला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अप्रत्याशित घटनाको सामना गर्नुपर्नेछ । परिवारिक सम्बन्धमा बिकारको सामना गर्नुपर्ला । मनोरञ्जनात्मक क्षेत्रमा ध्यान जानेछ । रोकिएका कामकाजहरु सुचारु हुनेछन । जिवनसाथिसँग मनमुटाव हुनसक्छ सचेत भएर अगाडी बढ्नुहोला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुमाथी आफ्नो वर्चश्व कायम हुनाले कार्यहरु सफल हुनेछन । लेनदेनमा बिवाद उत्पन्न हुनेछ । तपाईले गरेको कार्यको जस अरुलेनै लिने योग रहेको छ । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्ने देखीन्छ बिचार पु¥याउनुहोला । स्वास्थमा सामान्य समस्या आई पर्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे सामान्य मानसिक भयले काममा रोकावट उत्पन्न हुन सक्नेछ । पती पत्नीको सम्बन्धमा प्रगाढता उत्पन्न हुनेछ । बिचारमा नविनता आउने हुदा सामाजीक प्रतिष्ठा बढ्नेछ । भइरहेका कार्यहरुमा परिश्रम बढी गर्नु परेतापनि उक्त कार्यहरु दिर्घकालीन बन्ने हुदा मन प्रशन्न रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो इष्टमीत्रको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । प्रतीश्पर्धामा बिजयी हुने योग छ । टाढाको यात्रा फाइदाजनक रहनेछ । कार्यमा ढिलाशुस्ती उत्पन्न हुने हुदा सामान्य अपजसको सामना गर्नुपर्ला । मान्यजनको स्वास्थ्यमा समस्या देखा पर्नेछ । सचेत रहनुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते पठन पाठन को क्षेत्रमा मेहनत अनुरुप सफलता प्राप्त हुनेछैन । अचल सम्पतीमा गरिएको लगानी दिर्घकालसम्म फाइदायुक्त हुनेछ । सचेनात्मक कार्यमा जुट्ने अवशर प्राप्त हुनेछ । खानपानको कारण स्वास्थ्यमा असर उत्पन्न हुने हुनाले सचेत रहनुहोला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु जिद्दी स्वाभावले बन्न लागेका कामहरु बिग्रन सक्नेछन । चीसो सम्बन्धी समस्याले सताउनेछ । मनमा दार्शनिक भावना ओतप्रोत हुनेछ । प्रेम सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । सवारी साधनको प्रयोगमा बिषेस ध्यान दिनु होला । दिन मध्यम रहला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बैदेशिक क्षेत्रबाट लाभ लिन सक्नुहुनेछ । परोपकारमा खर्च हुने समय रहेको छ । प्रतीश्पर्धी हावी हुनेछन । बोलिको कारण दम्पतीमा बिवाद उत्पन्न हुनेछ । धनमालको सामान्य क्षति हुने सम्भाबना रहेको छ । मित्रजनहरु टाडिन सक्ने छन ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि सवारि साधनको व्यवसायमा बिषेस लाभ हुनेछ । पारिवारिक वादबिवादको सामना गर्नुपर्नेछ । खानपानमा बिषेस ध्यान पु¥याउनुहोला सत्रहरु क्मजोर हुनेछन । गरिएका कार्यहरु सफल हुनेछन । बोलिको कारण बिवाद उत्पन्न हुन सक्छ सचेत रहनुहोला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द मेहनतको कदर नहुनाले मनमा निराशता छाउनेछ । गालि गलौज तथा अपजसको सामना गर्नुपर्नेछ । खोज तथा अनुसन्धानातमक क्षेत्रमा मन जानेछ । डर र शंकाले मन आक्रान्त बनाउनेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सक्ला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि झन्झट पुर्ण यात्रा हुन सक्नेछ मित्रजनको लागि खर्च गरिए तापनि मनमा अशन्ती छाउनेछ । आँट तथा साहसमा कमि आउनेछ । भौतिक बिलाशितामा समय व्यतित रहनेछ । गालि गलौज तथा अपजसको सामना गर्नुपर्नेछ । इष्टमीत्रको सहयोग प्राप्त होला ।

0 comments
Write Down Your Responses