कुवेतमा एकैपटक ७ जनालाई मृत्युदण्ड
कुवेत सिटी, माघ १२ । विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदन्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला बुधबार कार्यान्वयन गरिएको छ । मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमध्ये राजपरिवारका एकजना सदस्य पनि परेका छन् ।
सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आइ नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काइदिएकी थिइन् । भयंकर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए । मृत्युदन्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । पावालाई घरेलु कामदार भइ आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो । जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत् छन् । उनले जाकातियालाई आममाफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पुर्याए । फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदन्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनीतिकस्तरबाट सक्दो प्रयास गर्यो । तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए । रासस/एपी

0 comments
Write Down Your Responses