Prabasi
»
दुइ बर्ष आगाडी कुबेत गएको निङ्लमु लाइ श्रीमान बितेको पत्तो छैन, कुवेतबाट पठाएको पत्र यस्तो
दुइ बर्ष आगाडी कुबेत गएको निङ्लमु लाइ श्रीमान बितेको पत्तो छैन, कुवेतबाट पठाएको पत्र यस्तो
माघ ११ – गाउँघरको दुःखवाट वाक्क भएर विदेशमा सुख खोज्न विदेशिएकी निङ्लमु शेर्पा आफैं हराएकी छिन् । रामेछापको ठोसे ८ मा हुर्किएकी निङ्लमुको सानैमा विवाह भयो । कुवुकास्थलीका आङकर्मा शेर्पासँग वैवाहिक जीवनमा बाँधिएको पनि १२,१५ वर्ष बितिसकेको थियो ।
गाउँमा जहिल्यै कुटो कोदालो गरेर बस्नु भन्दा विदेशमा गएर पैसा कमाउन सकिने कुरा उनले पनि सुनेकी थिइन् । तर १३ वर्ष अघि महिलाले विदेशमा गएर काम गर्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि उनले पनि विदेश जाने सोच बनाएकी थिइन् । श्रीमानसित सल्लाह गरेरै उनी भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत गएको माइतीकी भदैनी आङगेल्मु शेर्पालाई मात्रै थाहा छ ।विदेश गएको लामो समयसम्म निङ्लमु सम्पर्कमा नभएकाले उनका श्रीमान् निक्कै चिन्तित थिए । विदेश जाने बेलामा उनले श्रीमानसित दुई वर्षमै फर्कीआउने बाचा गरेकी थिइन् । तर १३ वर्षसम्म पनि निङ्लमुको खुटखबर छैन् । कुवेतमा कहाँ के गर्दैछिन भन्ने कुरा कसैलाई थाहा छैन् ।
श्रीमान स्वर्गे भएको खबर सुनाउन सकिएको छैन
निङ्लमुले कुवेत पुगेको झण्डै तीन वर्षपछि श्रीमानलाइ पत्र पठाएकी थिइन् । पत्रमा आफू घरेलु कामदारको रुपमा काम गर्दै गरेको, घर फर्किन्छु भन्दा समेत मालिकले नपठाएको, उनी जस्तै चितवनकी मनु सापकोटा पनि धेरै वर्ष देखी घर जान नपाएको कुरा श्रीमानलाई लेखिपठाएकी थिइन् । सामान्य लेखपढ गर्ने उनले पत्रमा श्रीमानलाई सुखदुःखका कुरा सुनाएकी थिइन् ।
फोन सम्पर्क गर्न खोज्दा घर मालिक्नीले नदिएको र घर बाहिर जान समेत नदिएको कुरा पत्रबाटै जानकारी दिएकी थिइन् । विदेशमा आफूलाई सम्पर्क गर्नका लागि भनेर ६०२६२११६ र ६०२६२११९ फोन नम्बर समेत पठाएकी थिइन् ।
ती नम्बरमा उनका श्रीमानले फोन गर्ने धेरै कोशिष गरे । तर निङ्लमुसित कुरा हुन सकेन । जहिले मालिकले फोन उठाएर टार्दै आएका थिए ।
श्रीमतीसित भेट हुने आशैआशमा श्रीमानको निधन
निङ्लमुले २०६५ मंसिर २५ गते पठाएको नै अन्तिम पत्र हो । श्रीमतीसँग भेट हुने आशैआशमा आङकर्मा शेर्पाको निधन भयो । अन्तिम पत्र पाएको ६ महिनामै उनको निधन भएको थियो । श्रीमानको मृत्युको खबर निङ्लमुलाई सुनाउन परिवारले धेरै कोशिष गरेका थिए । तर मालिकले फोन उठाउने र निङ्लमुलाई फोन नदिँदा श्रीमान् स्वर्गे भएको खबर पनि पाएकी छैनन् उनले ।

रामेछापको मन्थलीमा रहेको सूचना केन्द्रले विदेशमा समस्या परेकाहरुलाई सहयोग गर्ने थाहा पाएर उनकी भदैनी आङगेल्मु शेर्पा केन्द्रमा आएकी छन् । फुपू विदेशमा जिउँदै छन् कि छैनन् भन्ने दोधारमा छिन उनी । फुपूको फोटो बोकेर उनी सहयोग माग्दै केन्द्रमा आइपुगेकी हुन् ।
विदेश गएको १३ वर्षसम्म पनि नेपाल किन फर्किनन् त निङलमु शेर्पा उनले पत्रमा जानकारी दिए जसरी विदेशमा मालिकले नै घर फर्किन नदिएरै हो कि अन्य कारण होला फुपूको खोजी गरिदिन आङगेल्मु शेर्पा सबैलाई यही कथा मार्फत आग्रह गर्दै छिन् । घरमा कुन एजेण्ट वा म्यानपावरबाट गएको कुरा कसैलाइ पनि पत्तो छैन ।
उनी भारतको बाटो हुँदै कुवेत गएको जानकारी आङकर्माले दिएका थिए । आङकर्मा पनि स्वर्गे भएपछि अरु कुरा माइतीपट्टीका कसैलाई थाहा छैन् । निङ्लमुका बारेमा कसैलाई जानकारी भए मोवाइल नम्बर ९८४४१६९४१५ वा ९७४१४०४०७३ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । सिर्जना बस्नेत, उज्यालो अनलाइन ।
0 comments
Write Down Your Responses