प्याजको टुक्रालाई चित्रमाजस्तै गरी पैतालामा राखेर सुत्दा हुन्छ यस्ता फाइदाहरु..
काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ । यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा घुसेर रगत शुद्ध बनाउँछ ।
ब्याक्टेरिया र रोगाणुहरु नष्ट गर्छ:
प्याजमा एण्टी ब्याक्टोरिलय गुण हुन्छ । जुन शरीरमा लामो समयसम्म टाँसिएर रहँदा ब्याक्टेरिया तथा विभिन्न रोगका किटाणुहरुलाई नष्ट गरिदिन्छ ।
रगतलाई शुद्ध बनाउँछ: जब छालाले प्याजमा रहेको फस्फोरिक एसिड सोस्छ, तब त्यो धमनीमा पुग्छ । अनि यसले रगतलाई शुद्ध बनाउन मद्दत गर्छ ।
हावालाई शुद्ध बनाउन मद्दत गर्छ: पासमै रहेको प्याजको टुक्राले तपाईंले स्वास लिने हावालाई पनि शुद्ध बनाउन मद्दत गर्दछ । साथै यसले खुट्टाको गन्ध हटाउने तथा केमिकल एवम् विषाणुहरुलाई नष्ट गर्ने काम गर्छ ।
मुटु रोगबाट छुटकारा:
यसरी नियमित राखिने प्याजको टुक्राले तपाईंको मुटुलाई स्वस्थ राख्ने काम गर्दछ । जब मुटु स्वस्थ हुन्छ, तब मुटुसम्बन्धी कैयन खतरनाक रोगहरुबाट छुटकारा मिल्छ ।
पेटको संक्रमणबाट बचाउँछ, किड्नीलाई सुरक्षित राख्छ: यसले पेटको संक्रमणबाट बचाउनेमात्र होइन किड्नीलाई पनि सुरक्षित गर्ने काम गर्छ ।
तल्लो पेट र मुत्राशयको समस्याबाट मुक्ति
यदि तपाईं तल्लो पेट वा मूत्राशयको समयस्याबाट पीडित हुनुहुन्छ भने पनि तपाईंका लागि यसो गर्नु निकै उपयोगी हुन्छ ।
खुट्टाको गन्ध हटाउँछ: मोजा लगाउँदा तपाईंको पैँतालामा गन्ध आउँछ भने पनि यसले त्यसलाई कम गर्न मद्दत पुग्दछ । सर्दी तथा ज्वरोबाट बचाउँछ: यसरी राखिने प्याजको टुक्राले तपाईंलाई सर्दीबाट बचाउनेमात्र होइन फिवरबाट पनि बचाउँछ ।

0 comments
Write Down Your Responses