मिति २०७३ साल माघ १६ गते आइतबार,२०१७ जनवरी २९ तारिख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ गरिरहेको कार्यमा विशेष सफलता प्राप्त हुनेछ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्नाले मन हर्षित रहला । मान्यजनसँगको सम्बन्धमा सामान्य दुरी बढ्नेछ । खोज तथा अनुसन्धान मुलक कार्यमा समय ब्यतित रहनेछ । बिश्वासिलो ब्याक्तिबाट धोका प्राप्त होला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मान्यजनको भेटघाटका निम्ती सामान्य यात्रा हुन सक्ने छ । परिवारको अनुसरण नगरेको खण्डमा सामान्य अपजसमा फस्नुपर्ला । तपाइको निर्णय सर्वमान्य नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । कार्य सिद्दीका निम्ति सामान्य भन्दा बढी परिश्रम गर्नु पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह यात्राका क्रममा सामान्य झन्झट उत्पन्न हुन सक्ला । अरुको पूर्ण रुपले गरिएको विश्वासमा धोका हुनाले कार्यमा ब्यबधान आउने छ । सामान्य धनमालमा क्षति पुग्न सक्छ । बिछोडिएका मित्रसँगको भेटले मनमा उत्साह छाउने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो स्वास्थ्यमा आएको खराविले कार्यक्षेत्र प्रभावित रहने छ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न होला । खानपानमा विशेष ध्यान पुर्याउनु पर्ने छ । बोलिको प्रभावले ब्ग्रन लागेका काममा केहि सुधार रहने छ । मध्यान्ह पश्चात भने दिन सामान्य खराब रहला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे ब्यापार ब्यबसायको निम्ति समय राम्रो रहेको छ । प्रेम सम्बन्धमा आएको खटपटले मनमा चिन्ता जाग्ने छ । खानपानको राम्रो योग रहेको छ । श्रम र मेहनतको कदर हुनाले कार्य क्षेत्रमा उत्साह जाग्ने छ । दिन मध्यम रहने छ । कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो तपाइले गरिरहेको कार्यमा ब्यबधान गर्नेहरुको सङ्ख्यामा बृद्दि हुनेछ । कार्यको श्रेय अरुलाईनै प्राप्त हुनाले काममा निरुत्साह जाग्नेछ । सामाजिक क्षेत्रमा लगाइएको लगानिको राम्रो प्रतिफल आउने छ । प्रतियागितात्मक काममा अघि नबढ्नु फाईदाजनक रहने छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते मनोरन्जनको क्षेत्रमा समय ब्यतित रहला । बोद्दिक ब्यक्तित्वहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । आफूभन्दा साना ब्याक्तिहरुको स्वास्थ्यमा सामान्य असर रहने छ । सामान्य यात्राको योग रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु परिवार तथा इष्टमित्रहरुको साथ सहयोग प्राप्त हुनेछ । सवारिसाधनको प्रयोगमा साजग रहनु होला । अचल सम्पत्तिको निम्ति गरिएका लगानि फाईदाजनक रहने छ । सम्मेलनमा भाग लिने अबसर जुट्ने छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित रहने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे पराक्रममा बृद्दि हुनेछ । अपरिपक्व निर्णयले गरिरहेको कार्यमा झन्झट उत्पन्न हुनेछ । मित्र तथा दाजुभाइको सहयोगले गरिएको कार्यमा सफलता प्राप्त हुने छ । कार्य क्षेत्रको लगाबले भाग्योदयको योग रहेको छ । शत्रु कमजोर रहलान ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि निर्णय गर्ने क्षमतामा बृद्दिहुनेछ । बोलिको गलत प्रचार हुने छ । खानपानमा बिशेष ध्यान दिनुहोला । कुरा काट्ने ब्याक्तिहरुसँग बच्नु पर्ने छ । संचित रकम खर्च हुनाले मनमा खिन्नता पैदा हुन सक्ला । पारिवारिक झोर-झमेलाले सताउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द मनमा चन्चलताले बास गर्ने छ । पारिपारको कुनै सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ । अरुको बिश्वासमा गरिएको कार्यमा पूर्ण सन्तुष्ट रहने छैन । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा रहनसक्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि खर्च कारक दिन रहेको छ । आफ्नो लापर्बाहिले सामान्य धनमालमा क्षति हुन सक्ने छ । मित्र तथा दाजुभाइका निम्ति मनोरन्जनका सामानमा खर्च गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ ।

0 comments

Write Down Your Responses