हेर्नुहोस दैनिक राशिफल ,मिति २०७३ साल माघ ३ गते सोमबार,२०१७ जनवरी १६ तारीख

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानि बृद्यि हुने योग रहेको छ । साजेदारी काममा भने हात नहालेकै बेश हुनेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा मध्यम दिन रहेको छ । मानशिक चिन्ताले सताउन सक्छ । सन्तान सम्बन्धि समस्या आई पर्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मातृपक्षमा सामान्य समस्या आई पर्ला । दाम्पत्य शुख प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मेहनत अनुरुपको फल प्राप्त नहुनाने खिन्नता बोध हुनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा सामान्य गडबढि हुनसक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानि मुलक रहन सक्छ । आट शाहसमा बृधि हुनाले तपाईको कार्य क्षेत्र सबल रहनेछ । तपाईको कार्यको चर्चा छाउनेछ । बन्धु बान्धब सगँको भेटले मन प्रशन्न रहने योग रहेको छ ।
 कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो कार्य क्षेत्रमा होशियार रहनुहोला सामान्य अप्जस आउन सक्नेछ । चिसो सम्बन्धि समस्याले सताउन सक्छ । बोलिका कारण मित्रजनहरु टाढिन सक्छन् । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।
 सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे मानशिक चन्चलताले सताउन सक्नेछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहने छ । ब्यापार ब्यवसाय को क्षेत्रमा दिन मध्यम रहने छ । निर्णय गर्ने क्षमतामा कमि आउनाले कार्यमा ब्यबधान आउन सक्नेछ । आफन्तजन हरुको साथ सहयोग प्राप्त हुनेछ ।
 कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो प्रतिपक्क्षीहरु सबल रहनाले तपाई को कार्यमा ब्यबधान प्राप्त हुन सक्छ । धनमाल को हानि नोक्सानि हुन सक्नेछ सजग रहनु होला । सोचे अनुरुपको कार्य गर्न नसक्नाले मनमा खिन्नता उत्पन्न हुनेछ । अनावस्यक खर्च हुने योग रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नेछ । परीश्रमको राम्रो फल प्राप्त होला । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरु भन्दा तपाई अब्बल रहनु हुनेछ । पठनपाठनको क्षेत्रमा समय राम्रो रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु मान्यजनहरुको साथ सहयोग प्राप्त हुनाले कार्य क्षेत्रमा बिशेष फाईदा मिल्नेछ । सबारी साधनको प्रयोगमा बिशेस ध्यान पूर्याउनु होला । नयाँ कार्यको थालनि नगरेकै बेश हुनेछ । सामान्य मानसम्मान प्राप्त हुने योग रहेको छ । धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे सामान्य धनमालमा क्षति हुने योग रहेको छ । साथि संगीहरुको भर प्रर्दा साधारण झन्झट आई पर्नेछ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित हुनसक्नेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । दिन संर्घस पुर्ण ब्यतित रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि मानसिक चिन्ता ले सताउने सम्भाबना रहेको छ । खानपानको गडबढिले स्वास्थमा सामान्य खराबि आउन सक्नेछ । मित्र तथा दाजु भाई बिच सामान्य खटपट रहनसक्नेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । चोट पटकको सम्भाबना छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द शारीरिक आलस्यताले सताउन सक्नेछ । दाम्पत्य शुख प्राप्त हुन सक्नेछ । अरुको बिश्वास गर्दा कार्य क्षेत्रमा सामान्य झन्झट ब्यर्होनु पर्ला । सहयोगी हातहरुको बृद्यि हुने योग रहेको छ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने योग रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । प्रतिश्पर्दा मा उत्त्रदा होस पुर्याउनु होला । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । कुराकाट्ने ब्यक्तिहरुबाट बच्नु पर्ने योग रहेको छ । धनमालमा क्षति पुग्नेछ ।

0 comments

Write Down Your Responses