News
»
बस दुर्घटनामा २ को मृत्यु, २० घाइते
बस दुर्घटनामा २ को मृत्यु, २० घाइते
२ माघ, तानसेन । पाल्पाको सिलुवा, ४ बैछापमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको रामपुर जाँदै गरेको ना ४ ख ९२१८ नम्बरको बस गएराति पौने एघार बजे दुर्घटना भएको हो ।
दुर्घटनामा रामपुर नगरपालिका, ८ का ३८ वर्षीय लालसिंह थापा र रामपुरकै यमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जनाको उपचारको क्रममा लुम्विनी मेडिक कलेजमा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनायो ।
बस सडकबाट करिब एक सय मिटर तल भिरमा खसेको छ ।
यसैबीच रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । समनपुरबाट बालुवा लिन जाँदै गरेको लु २ त ८६६३ नम्बरको ट्याक्टर शनिवार दिउँसो सवा एक बजेतिर बागमती खोला किनारमा पल्टिँदा समनपुर ५ का २१ वर्षीय चालक मो. रिजवान आलमको मृत्यु भएको हो ।
0 comments
Write Down Your Responses