Prabasi
»
अचम्मै भयो :स्वीडेनको राजदरबारमा बारम्बार भूत !
अचम्मै भयो :स्वीडेनको राजदरबारमा बारम्बार भूत !
स्टकहोम । स्वीडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ ।तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने

अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथले बताएकी छन् ।राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नगरेकोसमेत महारानी सिल्भियाले खुलासा गरेकी छन् ।
स्वीडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्ट्री) निर्माण गरेको र बिहीबार साँझ सो डकुमेन्ट्री प्रसारण गर्दैछ ।उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्दै महारानी सिल्भियाले भनिन्, ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’ । भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा महारानी सिल्भियाले भनिन्, ‘पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके’
ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।
महाराज्ञी सिल्भिया जर्मनीमा जन्मेकी हुन् भने स्वीडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उनको विवाह भएको थियो ।
बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ ।
रासस/एपी
0 comments
Write Down Your Responses