स्वास्थ्य सल्लाह ,दुई मिनेटमै दाँत चम्काउने घरेलु उपाय
हरेक मानिस आफ्नो प्रभाव अरुमा राम्रो परोस् भन्ने चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ ।
सामग्री:- १ चम्चा बेकिङ्ग सोडा
१ चम्चा कागतीको रस
विधि/प्रयोग – बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् । ज यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् । सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् । यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् । साभार : ओन्लिआयुर्वेद डट कमबाट

0 comments
Write Down Your Responses