चीनबाट आउने भयो १ हजारका नेपाली नयाँ नोट

५ माघ, काठमाडौं । नेपाली नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले पहिलोपटक १ हजारका नोट छापेर नेपाल पठाएको छ ।

यो नोटहरु चीनको पूर्वी तटस्थित नाचाङ-ज्याङ्सी प्रान्त हुँदै नेपाल भित्रिने चरणमा रहेका छन् । अगष्टमा खुलेको नोट छपाइ टेन्डरमा बि्रटिस तथा फ्रेन्च कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले टेन्डर हात पारेको थियो । २० करोड रुपैयाँ बराबरको १ हजारका नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले यसअघि १ सयको नोट छापिसेकेको छ । यो कम्पनीले २० करोड ६० लाख बराबरको ५ रुपैयाँको नोट छाप्ने पनि टेन्डर पाएको राष्ट्र सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । नेपाली नोट छापेको चाइना बैंकनोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले चिनियाँ मुद्रा पनि छाप्ने गरेको छ ।

0 comments

Write Down Your Responses