अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस्तो निर्णयले नेपालीहरु लाइ ठुलो झड्का

काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो निर्णयमै सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिँदै आएको

सहयोगमा प्रतिबन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । यसले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ ।जसले गर्दा ट्रम्पको निर्णयले सामुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न नसकिने स्थिति भएको छ । साथै परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञ पनि अब काम विहीन हुने भएका छन् । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । र, उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत मात्र ३ अर्ब डलर खर्च गर्छ ।राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ । ‘सहयोग रोक्का हुनु भनेको प्रजनन श्वास्थ्यको क्षेत्रमा नेपाल सरकारले गरेको काममा हामीले सहयोग गर्न नसक्नु हो,’ संघका अध्यक्ष अमुसिंह सिजापतिले द गार्डियनलाई भनिन् । उनले भनिन्, ‘हामीले सामुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न सक्दैनौं ।’ साथै परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञले जागिर पनि गुमाउनेछन् । ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ ।

0 comments

Write Down Your Responses