घाँटी रेटि मलेसियामा एक नेपालीको हत्या

३ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ । म पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो । उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ ।उनी बुकित टेन्घामा एक फ्याक्ट्रीमा काम गर्थे । उनको बारेमा थप खुलेको छैन ।घटनाबारे प्रहरीले अनुसन्धान थालेको द सन डेलीले जनाएको छ ।

0 comments

Write Down Your Responses