Sports
»
काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले चार लाख एक हजार सहित जित्यो
काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले चार लाख एक हजार सहित जित्यो
२३ पुस, झापा। काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले चार लाख एक हजार हात पारेको छ ।
शनिबार काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।
खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । ९० औँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।
काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा ११ का योगेश गुरुङ घोषित भए । उनले २५ हजार पाएका छन् भने प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा ११ कै कर्ण लिम्बूले १५ हजार पाए ।
ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।
0 comments
Write Down Your Responses