फिस्टेल एयरको हेलिकोप्टर तनावले गर्दा दुर्घटनाग्रस्त

काठमाडौं – बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्याउनुपर्ने बाध्यता सिर्जित तनावसँगै तत्कालिन अवस्थाबारे पाइलट सचेत नभई उडान गर्दा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको जँच आयोगले निष्कर्ष निकालेको छ । यो खबर आजको नागरिकमा छ । गत साउन २४ मा गोरखाबाट आलो सुत्केरी र नवजात शिशु बोकेर उडेको फिस्टेलको कलसाइन ‘९एनएकेए’ हेलिकोप्टर नुवाकोट मदानपुरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बू, एक सुत्केरी र पाँच दिनको नवजात शिशु र अन्य चार यात्रुको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses