७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती, दुलही भन्छिन :‘मैले दलित दुलाह होईन देउता नै पाएँ ’
गुल्मी, १७ माघ । एउटा हातमा लौरो साहरा अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथि ।
यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसंग प्रेम सम्वन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ ।उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।
भित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा उभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्धै खुशी छौं सवैको जय होस् । ’ २२ वर्ष अघि श्रीमतिको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।‘मैले दलित दुलाह होईन देउता नै पाएँ ’ नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नव दुलाह, उनको छोरा बुहारी र नाती संगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमति हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् । आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।
कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाड रक्सी पिएर रात दिन कुटपिट गरेको आरोप लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिना देखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई रहेको छ । आफु त्यस दिन हेराउन भनि विहान करिव ५ वजे तिर आएर लालबहादुरको घर भित्र पसेकै वेला त्यस्तो आरोप लगाएर आफुहरुलाई हात बाँधेर गाउँ डुलाउँदै सम्वन्ध कायम गराई दिएको र जंगल जान बाध्य पारिएको उनले बताईन् । उनिहरु दुई दिन सम्म भिर जंगल विचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए । अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्वपतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए । पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको बताए ।
गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् । मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो, प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदाता संग फोन मार्फत यस्तो गुनासो गरेका हुन् । एक दिन न एक दिन कठघरामा उभ्याइन्छः सिडिओ पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वाजानिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हाल सम्म फरारा रहेको बताए । उनले उनिहरु ज्ति दिन सम्म फरार रहे पनि एक दिन न एक दिन उनिहरुलाई पक्रेर कानुनी कठ्घरामा ल्याउने बताएका थिए । उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे । नकरात्मक सन्देश पछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए । – प्रेम सुनार / दैनिक नेपाल ।

0 comments
Write Down Your Responses