Photo
»
कम्प्युटरको कि बोर्ड नाकले टाइप गरेर दुईवटा विश्व रेकर्ड
कम्प्युटरको कि बोर्ड नाकले टाइप गरेर दुईवटा विश्व रेकर्ड
कम्प्युटरको कि बोर्डमा तिव्र गतिमा हात दौडाएर निकै छिटो छिटो टाइप गर्ने कतिपय मानिसहरुको गति देख्दा हामी अचम्ममा पर्छौँ । हातले टाइप गर्दा त अचम्ममा परिन्छ

भने यदि कसैले हातको साटो नाकले टाइप गरेको देखियो भने कति अचम्म होला ? भारतको हैदरावादका एक युवकले आफ्नो नाकले नै तिव्र गतिमा कम्प्युटर टाइप गरी सबैलाई तिनछक त पारेकै छन, आफ्नो नाममा दुई वटा वल्र्ड रेकर्ड समेत कायम गरेका छन् ।
उनले आफ्नो नाकले यति तिव्र गतिमा टाइप गर्छन् की धेरै मानिसले त्यति बेजोडसँग त हातले पनि टाइप गर्न सक्दैनन् ।
इन्जिनियरिंगका विद्यार्थी रहेका मोहम्मद खुर्सीदले १० वर्षको हुँदादेखि नै टाइपिंग सिक्न सुरु गरेका थिए । नाकले टाइप गर्ने कलामा पोख्त हुनका लागि उनले दिनमा ८ घण्टासम्म टाइप गर्दथे ।
उनले पौने चार सेकेण्डमा औँलाले पूरै अल्फाबेट टाइप गरेर सन् २०१२ मा विश्व रेकर्ड कायम गरेका थिए । त्यस्तै ४७ सेकेण्डमा नाकले १ सय ३ वटा शव्द टाइप गरी सन् २०१४ मा उनले अर्को अद्भुत रेकर्ड कायम गरे ।
नाकले टाइप गर्ने बेला उनले विभिन्न समस्यासँग पनि जुध्नुपर्छ । नाक किबोर्डमा धसेर टाइप गरिरहँदा कि बोर्ड आँखाले हेर्न निकै सकस पर्दछ ।
0 comments
Write Down Your Responses