धादिङ बस दुर्घटनामा १५ यात्रु गम्भीर घाइते

३ माघ, धादिङबेसी । धादिङको सदरमुकाम धादिङबेशीबाट खाल्टे गाविस जाँदै गरेको यात्रुबाहक बस पतेनी भन्ने स्थानमा दुर्घटना हुँदा १५ यात्रु गम्भीर घाइते भएका छन् । सोमबार साँझ करिब साढे ६ बजे खाल्टे गाविसको पतेनी भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय शिक्षक विष्णु ढुंगानाले जानकारी दिए ।घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । घाइतेहरुको उद्धारमा जिल्ला सदरमुकाम धादिङबेशीबाट ६ वटा एम्बुलेन्स पुगेका छन् ।

0 comments

Write Down Your Responses