अर्घाखाँची महोत्सवमा ऊर्जामन्त्री माथि ढुंगामुढा,भाषणै नगरी फर्किए मन्त्रि..हेर्नुहोस भिडियो

२८ पुस, अर्घाखाँची । सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए । ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।

,

0 comments

Write Down Your Responses